गृहजिल्ला पुगेर आरजुले भनिन्: हेलिकोप्टर चढेर आउन सक्ने मान्छेलाई भोट दिनुस् (भिडिओ)
![](https://www.nepalpress.com/wp-content/uploads/2020/11/nepalpress-logo-n.png)
![](https://www.nepalpress.com/wp-content/uploads/2022/09/Arju-Rana.jpg)
काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका शेरबहादुर देउवा पत्नी तथा नेत्री आरजु राणा देउवाले फेरि अर्को विवादास्पद अभिव्यक्ति दिएकी छन्।
गृहजिल्ला डडेल्धुरामा प्रधानमन्त्री देउवालाई भोट माग्दै उनले हेलिकोप्टर चढेर आउन सक्ने व्यक्तिलाई भोट हालेर जिताउन आग्रह गरेकी हुन्।
शुक्रबार गन्यापधुरा गाउँपालिकाको चुनावी सभालाई सम्बोधन गर्दै उनले भनिन्, ‘यो गाउँठाउँको विकास गर्ने र व्यवस्थालाई अगाडि सारेर संविधानको रक्षा हामीले गर्नुपर्छ। त्यसैले हामी आज जसरी हेलिकोप्टर चढेर आयौं। आजभन्दा १०÷१५ वर्ष अगाडि यहाँ हेलिकोप्टरमा उडेर आउनसक्ने क्षमता बनाउनसक्ने मान्छेलाई तपाईंहरुले जिताउनुस्।’
प्रधानमन्त्री देउवासहित आरजु पनि चुनावी कार्यक्रमका लागि गृहजिल्ला डडेल्धुरामा व्यस्त छन्। यसअघि उनले वैदेशिक रोजगारीका फ्रि भिसा फ्रि टिकट, कांग्रेसले जित्ने ठाउँमा मात्रै बजेट पठाउने अभिव्यक्ति दिएर विवादमा आएकी थिइन्।