छाडा कुकुर घटाउन नगरपालिकाले सुरु गर्‍यो बन्धाकरण – Nepal Press

छाडा कुकुर घटाउन नगरपालिकाले सुरु गर्‍यो बन्धाकरण

रुपन्देही । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले नगरभित्र रहेका छाडा कुकुरहरु व्यवस्थापन गर्न स्थायी बन्ध्याकरण गर्न सुरु गरेको छ ।नगरपालिकाभित्रका मुख्य सडक तथा शाखा सडकहरुमा छाडा कुकुरहरुको आतंक बढेपछि स्थायी बन्ध्याकरण सुरु गरिएको हो ।

बिहान विद्यालय तथा कलेजमा जाने विद्यार्थीहरुलाई कुकुरले टोक्ने तथा लखेट्ने गर्दा विद्यार्थीहरुमा त्रास छाएको थियो । यस्तै रातिको समयमा पनि कुकुरहरुले हल्ला गर्ने गरेपछि नियन्त्रणका लागि स्थायी बन्ध्याकरण गर्ने कार्यक्रम सञ्चालन गरिएको सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले बताए।

यस्तै छाडा कुकुरहरुले पशु चौपायालाई पनि हमाला गर्ने गरेका थिए । यस शिविरमा नगर भित्र रहेका १ सय २० कुकुरको बन्ध्याकरण गर्ने योजना रहेको प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले बताए।

सन्धिखर्क नगरपालिकाको आर्थिक सहयोगमा वातावरण तथा सामाजिक रुपान्तरणका लागि युवा, सिद्धार्थ नगर रुपन्देहीको आयोजनामा पशु चिकित्सकको टोलीले कुकुरहरुको स्थायी बन्ध्याकरण गरिरहेको छ । शनिबारदेखि शुरु भएको बन्ध्याकरण तथा रेबिज खोप लगाउने शिविर ३ दिनसम्म चल्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर