‘फूलबारी’को फर्स्टलुक सार्वजनिक – Nepal Press

‘फूलबारी’को फर्स्टलुक सार्वजनिक

काठमाडौं । रामबाबु गुरुङ निर्देशित सिनेमा फूलबारीको फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । निर्माता मनिष ढकालको जन्मदिनको अवसर पारेर सिनेमाको पोस्टर सार्वजनिक गरिएको निर्देशक गुरुङले उल्लेख गरेका छन् ।

आगामी फागुन ५ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमाको सार्वजनिक पोस्टरमा मुख्य कलाकार विपिन कार्की, दयाहाङ राई, प्रियंका कार्की, अरुणा कार्की, शिल्पा मास्के, गौमाया गुरुङलाई स्थान दिइएको छ ।

यशोदा फिल्मस्‌को ब्यानरमा निर्माण भएको सामाजिक नेपाली सिनेमाको कथा र कन्सेप्ट कमल किशोर मलपानीको हो ।

अभिभावक र सन्तान बीचको सम्बन्धको कथामा सिनेमाले नेपाली समाजमा सबैले भोगिरहेको पारिवारिक सामाजिक कथा निर्देशक गुरुङले पस्किएका छन् ।

उपेन्द्र सुब्बाको पटकथामा विपिन र अरुणाले पाका दम्पतीको भूमिका निर्वाह गरेछन् ।

सिनेमामा लोकेन्द्र लेखक, सोमनाथ खनाल, अनुपम शर्मा, मनिष ढकाल, साक्षी सिंह भण्डारी, रुजा राउत, रुपेश दाहाल, सुमित्रा गोम्जा, कायरा कार्कीलगायतको पनि अभिनय रहनेछ ।

फूलबारीमा जोस हेरुमको छायांकन, कालीप्रसाद बाँस्कोटा र अनुपम शर्माको संगीत रहनेछ ।

मणिराम पोखरेलले कार्यकारी निर्माता रहेको सिनेमामा मनिष ढकाल निर्माताको रूपमा रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर