टि-२० विश्वकप सेमिफाइल समिकरण पूरा, भारत ईंग्ल्यान्डविरुद्ध र पाकिस्तान न्यूजिल्यान्डविरुद्ध भिड्ने – Nepal Press

टि-२० विश्वकप सेमिफाइल समिकरण पूरा, भारत ईंग्ल्यान्डविरुद्ध र पाकिस्तान न्यूजिल्यान्डविरुद्ध भिड्ने

मेलबर्न । अस्ट्रेलियामा जारी आईसिसी टी-२० विश्वकप क्रिकेटको सेमिफाइनल समिकरण पूरा भएको छ । सुपर-१२ को अन्तिम खेलमा आइतबार भारतले जिम्बावेलाई हराएसँगै सेमिफाइनल समिकरण पूरा भएको हो । सेमिफाइनलमा भारतले इङ्ल्यान्ड र पाकिस्तानले न्युजिल्यान्डसँग प्रतिस्पर्धा गर्ने छ ।

समूह-१ बाट न्युजिल्यान्ड विजेता र इङ्ल्यान्ड उपविजेता तथा समूह-२ बाट भारत विजेता र पाकिस्तान उपविजेता बन्दै सेमिफाइनल पुगेका हुन् । न्युजिल्यान्ड-पाकिस्तान भिडन्त बुधबार र भारत-इङ्ल्यान्ड भिडन्त बिहीबार हुने छ । दुवै खेलका विजेताबीच उपाधिका लागि आगामी आइतबार प्रतिस्पर्धा हुने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *