आम निर्वाचन २०७९ : कति छन् अस्थायी मतदाता ? – Nepal Press

आम निर्वाचन २०७९ : कति छन् अस्थायी मतदाता ?

काठमाडौं । निर्वाचन आयोगले अस्थायी मतदाताको नामावली संकलनको कार्य सम्पन्न गरेको छ । स्थायी मतदाताको सूचीमा रहेकामध्ये एक लाख ४९ हजार १६४ जना अस्थायी मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ ।

अस्थायी मतदाता नामावली संकलन भएकामध्ये निर्वाचन आयोगले अहिलेसम्म एक लाख ४४ हजार ६ सय २५ जनाको प्रमाणिकरण गरेकाले उनीहरु मतदान गर्न योग्य भएको आयोगका सहायक प्रवक्ता एवम् उपसचिव ऋषीराम भुसालले नेपाल प्रेसलाई जानकारी दिए ।

उनका अनुसार बाँकी अस्थायी मतदाताको प्रमाणिकरण गर्ने कार्य एक दुई दिनमा सकिनेछ । आयोगका अनुसार अस्थायी मतदाता नामावलीमा नाम राख्नका लागि स्थायी मतदाता नामावलीको अन्तिम सूचीमा अनिवार्य नाम हुनुपर्छ ।

विभिन्न सरकारी कार्यालय जिल्ला स्थित जिल्ला सदरमुकाममा रहेको वा आसपासमा रहेको जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बलको कार्यालय, नेपाली सेनाको व्यारेक, कारागारमा रहेका कैदीबन्दी तथा थुनुवा, वृद्धा आश्रममा बसेका व्यक्ति अस्थायी मतदाता हुन् ।

उनीहरुको विवरण संकलन भएर उनीहरको विवरण जिल्ला निर्वाचन कार्यालयले तयार गरेर अन्तिम नामावली पनि प्रकाशन गरिसकेको छ । मतदान केन्द्रमा खटिने कर्मचारी, सुरक्षाकर्मी र नेपाली सेनालाई खटिएको मतदान केन्द्रमा नै मतदान गर्ने व्यवस्था गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर