पूर्वका तीन जिल्लामा टेलिफोन अवरुद्ध – Nepal Press

पूर्वका तीन जिल्लामा टेलिफोन अवरुद्ध

खोटाङ । नेपाल टेलिकमको अप्टिकल फाइबर लिंकमा खराबी आउँदा खोटाङ, ओखलढुंगा र सोलुखुम्बुमा टेलिफोन सेवा अवरुद्ध भएको छ । फाइबर लिंकमा खराबी आएपछि आइतबार दिउँसोदेखि तीन जिल्लामा टेलिफोन सेवा अवरुद्ध भएको हो ।

खोटाङको दिक्तेलबाट करिब २१ किलोमिटर दूरीमा रहेको रेग्मीटार आसपासमा फाइबर लिंकमा खराबी आएकाले टेलिफोन सेवा अवरुद्ध भएको नेपाल दूरसञ्चार कार्यालय खोटाङले जनाएको छ ।

टेलिकमका सबै सेवा अवरुद्ध हुँदा तीन जिल्लाका सर्वसाधारण समस्यामा परेका छन् । फाइबर लिंक मर्मतका लागि टोली पठाइसकिएको दूरसञ्चार कार्यालय खोटाङका प्रमुख खगेन्द्र मगरले बताए ।

प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि चुनावी कार्यक्रम भइरहेका वेला फोन अवरुद्ध भएपछि सम्पर्क र समन्वयमा बाधा पुगेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *