कांग्रेसका उम्मेदवार प्रदीप पौडलका के-के छन् प्रतिबद्धता ? – Nepal Press

कांग्रेसका उम्मेदवार प्रदीप पौडलका के-के छन् प्रतिबद्धता ?

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका लागि कांग्रेसका उम्मेदवार प्रदीप पौडेलले १७ बुँदे प्रतिबद्धता सार्वजनिक गरेका छन् । उनले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरि सोमबार प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् ।

उक्त पत्रमा उनले सर्वसुलभ गुणस्तरीय शिक्षा, सीपमूलक व्यावहारिक ज्ञानः प्रशिक्षित शिक्षक, चुस्त व्यवस्थापन, सबैका लागि व्यवस्थित सार्वजनिक पार्कः व्यवस्थित पार्किङ, खुला र सुरक्षित सडक, सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवाः सवल स्वास्थ्य प्रणाली, सबैको स्वाथ्य बिमा, कला-संस्कृतिको संरक्षण तथा सवद्र्घन र पर्यटन, ढुङ्गेधारा, मुहान र पोखरीको संरक्षणः सबै घरधुरीमा स्वच्छ खानेपानी वितरण, रोजगारी र उत्पादनशीलतासहितको सिर्जनशील उद्यमशीलता, सामाजिक न्याय र सार्वजनिक सेवा, बालबालिका र ज्येष्ठ नागरिक सवालमा, युवा तथा खेलकुद/खेलमैदान र पार्क, महिला सशक्तिकरण, पर्यावरण र दिगो विकास, जनसहभागिताको सुनिश्चिततालगायतलाई जोड दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर