बीमा समिति भोलिदेखि प्राधिकरण बन्ने – Nepal Press

बीमा समिति भोलिदेखि प्राधिकरण बन्ने

काठमाडौं । बिमा समिति यही कात्तिक २२ गतेबाट (प्राधिकरण) बन्दैछ । समितिले प्राधिकरणको लोगो सार्वजनिक गरेको छ ।

नयाँ लोगोमा बीमा समितिको ठाउँमा ‘नेपाल बीमा प्राधिकरण’ राखिएको छ । समितिको लेटरप्याड तथा संकेतलाई यथावत् राखिएको छ ।

नयाँ बीमा ऐन २०७९ कात्तिक २२ गतेबाट लागु हुनेछ । बीमा समिति प्राधिकरण बने पनि त्यही जनशक्ति रहनेछ । लोगो र नाम मात्र परिवर्तन हुने समितिले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *