ओलीजी होइन, देउवाजीजस्तो मान्छेले मात्रै देशको नेतृत्व गर्नसक्छ : प्रवक्ता महत – Nepal Press

ओलीजी होइन, देउवाजीजस्तो मान्छेले मात्रै देशको नेतृत्व गर्नसक्छ : प्रवक्ता महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले एमाले अध्यक्ष केपी शर्मा ओलीकै कारणले साबिक नेकपा अहिले तीन वटा पार्टीमा परिणत भएको बताएका छन्।

नेपाल प्रेस युनियन बाराद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै ओलीले भीम रावल र घनश्याम भुसाललाई समेत पार्टीबाट बाहिर राखेको बताए।

उनले भने, ‘घनश्यामजी स्वतन्त्र उठ्नुभएको छ। उहाँलाई हामीले समर्थन गरेका छौँ। देउवाजीले आफ्नो दल मात्रै नभएर अरूलाई पनि मिलाएर लान सक्नुहुन्छ। उहाँजस्तो मान्छे देशको नेतृत्वमा चाहिन्छ।’

कांग्रेसको नेतृत्वका गठबन्धन सरकार बन्दा संविधान र लोकतन्त्रको रक्षा हुने जिकिर गरे।संविधानमा भएका कमीकमजोरीलाई अर्को बाटो नखोजी संशोधन र परिमार्जित गरेर लाने लक्ष्य रहेको बताए। कानुन सही भए मात्रै देशका विकास निर्माण र सुशासन हुने प्रष्टाए।

उनले साढे १२ लाख युवालाई रोजगारी, ६५ वर्षमै वृद्ध भत्ता दिने प्रतिबद्धता समेत गरे। उनले जनताको आकांक्षालाई केन्द्रमा राखेर निरन्तर काम गर्ने बताए।

देउवाले धेरै कुरा नगरी खुरुखुरु काम गरेको दाबी गरे। आफूहरूले ‘अरू कुरा गर्छन्, हामी काम गर्छौँ’ भन्ने नारा समेत राखेको बताए। गरेको कामको प्रचार कम भएको कारणले कांग्रेस पछि गरेको उनको भनाइ छ।

गठबन्धनको कारणले सबै ठाउँमा उम्मेदवारी दिन बताए। उनले गठबन्धनका सम्पूर्ण उम्मेदवारलाई जिताउन लाग्न नेता कार्यकर्तालाई निर्देश समेत दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर