चुनावपछि कांग्रेसले नै नेतृत्व गर्छ, प्रचण्डजीले प्रधानमन्त्रीको दाबी गर्नुभएको छैन : प्रवक्ता महत – Nepal Press

चुनावपछि कांग्रेसले नै नेतृत्व गर्छ, प्रचण्डजीले प्रधानमन्त्रीको दाबी गर्नुभएको छैन : प्रवक्ता महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले आगामी निर्वाचनपछि बन्ने सरकारको नेतृत्व कांग्रेसले नै गर्ने पुन: दोहोर्‍याएका छन् ।

नेपाल प्रेस युनियन मकवानपुरद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले प्रधानमन्त्रीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दाबी नगरेको बताए ।

उनले भने, ‘निर्वाचनपछि गठबन्धन सरकार बन्छ । त्यसको नेतृत्व कांग्रेसले गर्छ भन्नेमा द्वविधा छैन । अहिलेसम्म प्रचण्डजीले प्रधानमन्त्रीको दाबी गर्नुभएको छैन । समर्थक शुभेच्छुकले भन्नु स्वाभाविक हो ।’

उनले संविधानको रक्षा र आवश्यक परिमार्जन गरेर आफूहरू अगाडि बढ्ने बताए । संविधानलाई पन्छाएर देशलाई अन्योल पार्नेको भ्रममा नपर्न महतको आग्रह थियो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले देशलाई विभाजन गराउने नेतृत्व गरिरहेको उनले आरोप लगाए । महतले पार्टी सभापति तथा प्रधानमन्त्री देउवाले देश विकासका लागि सबैलाई मिलाएर लगेको भन्दै कांग्रेस नेतृत्वको गठबन्धनले नै देशको विकास गर्नसक्ने बताए ।

एमाले गठबन्धनको लक्ष्य देशलाई उल्टोतिर लानेतर्फ मात्रै भएको उनको भनाइ छ ।


प्रतिक्रिया

One thought on “चुनावपछि कांग्रेसले नै नेतृत्व गर्छ, प्रचण्डजीले प्रधानमन्त्रीको दाबी गर्नुभएको छैन : प्रवक्ता महत

  1. डाटको राजनीति प्रचण्ड जता फाइदा उतै हुन र चुनाव पछि गठबन्धनको बहुमत पुगे राष्ट्रपति र सभामुख कांग्रेस उप राष्ट्रपति र उपसभामुख र प्रधानमन्त्री माओवादी प्रधानमन्त्री हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर