झापा आउँदै ओली, मंसिर ४ का पहिलो मतदातासँग ४ घण्टा बिताउने – Nepal Press

झापा आउँदै ओली, मंसिर ४ का पहिलो मतदातासँग ४ घण्टा बिताउने

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चुनावी प्रचारका लागि गृहजिल्ला आउँदैछन् । २ दिने कार्यतालिकासहित उनी मंगलबार दिउँसो १ बजे झापा आउने भएका हुन् ।

नेकपा एमाले झापा ५ का संयोजक तथा निर्वाचन परिचालन कमिटीका सचिव तुलसी कार्कीका अनुसार ओली आज दिनभर आफ्नो निर्वाचन क्षेत्रमा हुने कार्यक्रममा सहभागी हुने छन् । २ बजे बिर्तामोड सालबारीमा हुने २ नम्बर क्षेत्रस्तरीय आमसभालाई उनले सम्बोधन गर्नेछन् ।

मंगलबार बेलुका दमकस्थित निवासमा कार्यकर्तासँग भेटघाट कार्यक्रम छ । यस्तै बुधबार १२ बजे दमकको रोयल पार्टी प्यालेसमा विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गर्नेहरूलाई स्वागत गर्ने कार्यक्रम छ ।

कांग्रेसका जिल्लास्तरीय नेताहरू, जसपाका केन्द्र र प्रदेशस्तरीय साथै माओवादीबाट नगरका नेता-कार्यकर्ता एमाले प्रवेश गर्ने सचिव कार्कीले बताए ।

बुधबार अध्यक्ष ओलीले दमक फन पार्कमा मंसिर ४ का पहिलो मतदाता तथा शुभेच्छुकसँग ४ घण्टा बिताउने छन् । ‘केपी बा विथ फष्ट भोटर्स’ नाम दिइएको सो कार्यक्रममा ओलीले सहभागीहरूसँग तस्बिर खिच्ने र सांगितिक कार्यक्रममा सहभागी हुनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर