रुपन्देहीमा दुई मोटरसाइकल चालकको मृत्यु
नेपाल प्रेस
२०७९ कार्तिक २२ गते ११:५३
रुपन्देही । रुपन्देहीको गैडहवा गाउँपालिका वडा नं २ मा दुई वटा मोटरसाइकल ठोक्किँदा दुबै मोटरसाइकलका चालकको मृत्यु भएको छ ।
लु ५ प ९७३२ नम्बरको मोटरसाइकल र लु ७६ प ३३७२ नम्बरको मोटरसाइकल सोमबार राति एकआपसमा ठोक्किएका थिए । दुर्घटनामा परी गैडहवा गाउँपालिका–२ जोगडा बस्ने २३ वर्षीय सन्तोष पासी र १६ वर्षीय निरज लोधको मृत्यु भएको हो ।
गम्भीर घाइते भएका पासीको सिटी अस्पताल भैरहवामा र लोधको भिम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय सूर्यपुराले जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर