यसरी मनाइयो प्रेम र समर्पणको पर्व सामाचखेवा (तस्बिरहरु)
२०७९ कार्तिक २२ गते १६:०१
काठमाडौं । काठमाडौंमा बसोबास गर्ने तराई क्षेत्रका आदिवासी थारु समुदायले समाचखेवा पर्व मनाएका छन् ।
मंगलबार थारु महिला समाज उपत्यका समितिले आयोजना गरेको समाचखेवा पर्वमा थारु समुदाय भेला भएर हर्षोल्लासपूर्वक यो पर्व मनाएका हुन् ।
थारु समुदायका दिदी-बहिनीहरुले दाजु भाइको दीर्घायूको कामना गर्दै मनाइने यो पर्व २०६२ सालदेखि काठमाडौंमा मनाउने गरिएको थारु महिला समाज, उपत्यका समितिकी अध्यक्ष श्याम कुमारी चौधरीले बताइन् ।
काठमाडौंको माइतीघरस्थित थारु समुदायका महिला एवम् पुरुषहरुले आफ्ना सांस्कृतिक पहिरन लगाएर उक्त पर्व मनाएका छन् ।
थप तस्बिरहरू:
प्रतिक्रिया
One thought on “यसरी मनाइयो प्रेम र समर्पणको पर्व सामाचखेवा (तस्बिरहरु)”
Leave a Reply
सम्बन्धित खवर
महिला समाज र नेपाल प्रस डट कमलाई जसले थारु संस्कृतिको रुपमा रहेको समा चकेवा पर्वलाई संरक्षण गर्नमा महत्वपूर्ण योगदान गरी मनाउनुको साथै समाचार सम्प्रषण गरेर थारु महिलालाई प्रोत्साहन गरी अनेकतामा एकतालाई बलियो बनाउने काम गरेको छ । धेरै धेरै धन्यवाद ।