जागिरबाट हटाएपछि युवतीले हालिन् जबर्जस्ती करणीको जाहेरी – Nepal Press

जागिरबाट हटाएपछि युवतीले हालिन् जबर्जस्ती करणीको जाहेरी

दाङ । दाङमा एक युवतिले आफूलाई जागिरबाट हटाएपछि आफ्नै सहकर्मीविरुद्ध जबरजस्ती करणीमा प्रहरीमा जाहेरी दिएको खुलेको छ ।

केही दिन अघि जिल्ला प्रहरी कार्यालय दाङले जबरजस्तीकरणीमा एक जनालाई पक्राउ गरेको सार्वजनिक गरेको थियो । घोराहीको गोरखा हस्पिटलमा कार्यरत दुवै जनाले आपसमा भनाभन गर्नुका साथै विवाद गरेपछि युवतीले पुरुष विरुद्ध मुद्दा हाल्ने गरी जबर्जस्त करणीमा जाहेरी लिएर प्रहरी समक्ष पुगेकी थिइन ।

युवतीले जाहेरी हालेपछि प्रहरीले शुक्रवार नै घोराहीबाट केशव धिताललाई पक्राउ गरेको थियो । प्रहरीले धिताललाई नियन्त्रणमा लिएर अनुसन्धान गर्‍यो । तर, घटनाको अनुसन्धान गर्दै जाँदा जिल्ला प्रहरी कार्यालय दाङले जागिरबाट युवतीलाई अस्पताल व्यवस्थापन समितिले हटाएपछि युवतीले आपसी विवाद र भनाभन भए लगत्तै धिताल विरुद्ध जाहेरी लिएर आएको रहस्य खुलेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय दाङका एसपी वीरबहादुर ओलीले अस्पतालले जागिरबाट हटाएकाले युवतीले जाहेरी प्रहरीमा हालेको अनुसन्धानबाट खुलेपछि जाहेरी दर्ता नभएको बताए ।

दुवै जना बिच भनाभन र विवाद भएको देखिन आएको र त्यसकै आधारमा अस्पतालले दुवै जनालाई शङ्का गर्दै युवतीलाई जागिरबाट निकालेपछि उनी रिस र आवेगमा आएर जबरजस्तीकरणीमा जाहेरी लिएर आएको अनुसन्धानबाट देखिन आएको एसपी ओलीले बताए ।

कसैलाई फसाउने नियतले हालिएका जाहेरी प्रहरीले दर्ता नगर्ने र कसैले भनेकै भरमा मुद्दा दर्ता नहुने उनले स्पष्ट पारे ।

बलात्कार जस्तो जघन्य अपराधमा जाहेरी आएपछि त्यसको आरोपमा घटनाको संवेदनशीलता हेर्दै नियन्त्रणमा लिई घटना अनुसन्धान हुने गरेको भन्दै कसैले भनेकै र जाहेरी लिएर आएकै भरमा मुद्दा दर्ता गर्न नहुने र घटनाको अनुसन्धान, तथ्य र प्रमाणको आधारमा मुद्दा दर्ता हुने उनको भनाई छ । सोही कुराको आधारमा धितालको हकमा अनुसन्धान गर्दा कुनै तथ्य प्रमाण भन्दा पनि रिस र आवेगमा आई जबरजस्तिकरणीमा जाहेरी हालिएको अनुसन्धानबाट खुलेपछि मुद्दा दर्ता नगरेर अनुसन्धानका लागि पक्राउ परेका धिताल छुटेको एसपी ओलीको भनाई छ ।

उनले घटना दोषी नछुटोस्, निर्दोष नफसोस् प्रहरीको मान्यता रहेकाले नाबालिगको हकमा भने कसैले छुटकारा नपाउने भन्दै कुनै पनि युवतीले योजनाबद्ध, नियोजित रुपमा फसाउने जाहेरी ल्याउँदैमा अनुसन्धान नगरेर मुद्दा दर्ता नहुने स्पष्ट पारे ।

केशव र युवती गोरखा हस्पिटलको इमरजेन्सी कार्यरत अहेब कर्मचारी हुन । तर, प्रहरीले झुटो जाहेरी दिने रुकुम घर भई घोराही बस्दै आएकी युवतीलाई पनि कारबाही गरेन । अस्पतालले प्रहरीमा जाहेरी परेपछि दुवै जनालाई जागिरबाट हटाइसकेको जनाएको छ ।

पीडित धितालले उक्त घटना जबरजस्तिकरणिी नभई व्यक्तिगत झैँ झगडा भएको र आफूहरूको बिचमा मिलापत्र भइसकेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर