नेपाली कांग्रेसले पाँच वर्षका लागि निकाल्यो ७४ जना नेता कार्यकर्ता (सूचीसहित) – Nepal Press

नेपाली कांग्रेसले पाँच वर्षका लागि निकाल्यो ७४ जना नेता कार्यकर्ता (सूचीसहित)

काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसले केन्द्रीय सदस्य दिनेश कोइरालासहित ७४ जनालाई पार्टीबाट निष्काशन गरेको छ । पार्टीको निर्णय विपरीतका बागी उम्मेदवार, प्रस्तावक र समर्थकलाई पार्टीबाट निकालेको हो ।

पार्टीको विधान बमोजिम ७४ जनालाई ५ वर्षसम्मका लागि पार्टी सदस्य समेत नरहनेगरी निकालेको एक विज्ञप्तिमा मार्फत जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ’आगामी मंसिर ४ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन–२०७९ मा नेपाली कांग्रेस पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेको उम्मेदवारविरूद्ध उम्मेदवार भएका र त्यस्ता उम्मेदवारको प्रस्तावक वा समर्थक भएमा नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३४ को उपधारा ४ (क) बमोजिम ५ (पाँच) वर्षका लागि देहायका व्यक्तिलाई सदस्यता समेत नरहने गरी पार्टीको अभिलेखबाट हटाउन निर्देश गरिन्छ ।’

केन्द्रीय सदस्य कोइराला चितवन ३ बाट गठबन्धन विरूद्व बागी उठेका छन् । उनलाई प्रमुख प्रतिपक्षी दल एमालेले सघाएको छ ।

 

 


प्रतिक्रिया

One thought on “नेपाली कांग्रेसले पाँच वर्षका लागि निकाल्यो ७४ जना नेता कार्यकर्ता (सूचीसहित)

  1. सच्चा काँग्रेस यी हुन् । आफू, श्रीमती , छोरी बुहारीलाई लुटन दिन बर्षौदेखि काँग्रेसमा लागेकालाई पन्छाउन खोज्नु राजनैतिक बेईमानी हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर