प्रकाशमान सिंहको दाबी : मुलुकमा संकट पर्दा निकास दिने पार्टी कांग्रेस हो – Nepal Press

प्रकाशमान सिंहको दाबी : मुलुकमा संकट पर्दा निकास दिने पार्टी कांग्रेस हो

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मुलुकमा संकट पर्दा निकास दिन सक्ने पार्टी नेपाली कांग्रेस मात्रै भएको दाबी गरेका छन् । काठमाडौं क्षेत्र नम्बर १ बाट उम्मेदवार रहेका सिंहले आज आफ्नै निर्वाचन क्षेत्रमा आयोजित चुनावी सभामा बोल्दै कांग्रेसको जीत देशको विकास र जनताको समृद्धिका लागि आवश्यक रहेको बताए ।

कांग्रेसले परिवर्तनको नेतृत्व मात्रै गरेको नभई सबै राजनीतिक शक्तिहरुलाई समन्वय गर्नसक्ने पार्टी पनि हो भन्ने कुरा पटक पटक पुष्टि गरेर देखाइसकेको सिंहले बताए । देशमा राजनीतिक अस्थिरता अन्त्य गर्न पनि कांग्रेसलाई मत दिनुपर्नेमा उनको भनाई थियो ।

जेजति उपलब्धि हासिल भए यिनको संरक्षण गरी समृद्धिको अभियानको नेतृत्व गर्ने संकल्पका साथ कांग्रेस जनता माझ आएको भन्दै सिंहले भने, ‘चुनावी अभियानका क्रममा मिठा नारामा नअल्मलि जिम्मेवार र भरपर्दाे राजनीति दल र नेता चुन्न म यहाँहरूलाई अपिल गर्छु ।’ संसदीय निर्वाचनको महत्व काठमाडौं १ का मतदाताले राम्रोसँग बुझेको भन्दै सिंहले लोकतन्त्र र स्थायीत्वको वकालत गरिरहेको कांग्रेसका पक्षमा मतदान गर्नेमा आफू ढुक्क भएको समेत बताए ।


प्रतिक्रिया

One thought on “प्रकाशमान सिंहको दाबी : मुलुकमा संकट पर्दा निकास दिने पार्टी कांग्रेस हो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर