विरोध खतिवडालाई झापड हान्ने खड्का रिहा
नेपाल प्रेस
२०७९ कार्तिक २३ गते १७:०१
हेटौंडा । भोट माग्नेक्रममा मकवानपुरको मनहरी पुगेका सत्तागठबन्धनको नेकपा एसका उम्मेदवार विरोध खतिवडालाई झापड हान्ने पुरुषोत्तम खड्का रिहा भएका छन् ।
मंगलबार मनहरी गाउँपालिका ४ गोलघरस्थित चुनावी कार्यक्रममा पुगेका नेता खतिवडालाई खड्काले झापड हानेका थिए ।
बुधबार खतिवडाले खड्कालाई कुनै कारबाही नगरी रिहा गर्न प्रहरीलाई आग्रह गरेसँगै खड्का रिहा भएको जनाइएको छ ।
खड्कालाई आफन्तको जिम्मा लगाइ छाडिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रतिक्रिया
One thought on “विरोध खतिवडालाई झापड हान्ने खड्का रिहा”
Leave a Reply
सम्बन्धित खवर
यसैबाट प्रमाणित हुन्छ हार्ने देखे पछि प्रचारमा आउन आफैंले मुकका हान्न लगाएक हो ।