पत्रकार सरोजराज अधिकारी झुन्डिएको अवस्थामा मृत भेटिए – Nepal Press

पत्रकार सरोजराज अधिकारी झुन्डिएको अवस्थामा मृत भेटिए

काठमाडौं । पत्रकार सरोजराज अधिकारी झुन्डिएको अवस्थामा मृत भेटिएका छन् ।

सुन्धारास्थित सिद्धार्थ होटलमा उनी झुन्डिएको अवस्थामा मृत भेटिएका हुन् ।

अधिकारी कात्तिक २१ गते साँझदेखि सिद्धार्थ होटलमा बसेका थिए । उनकी श्रीमतीले अधिकारी हराएकाे भनेर प्रहरीसमक्ष निवेदन दिएकी थिइन् । शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको छ ।

घटनास्थलमा सुसाइड नोट नभेटिएको काठमाडौं प्रहरी प्रवक्ता एसपी दिनेशराज मैनालीले नेपाल प्रेसलाई जानकारी दिएका छन् । घटनाको विस्तृत विवरणबारे अनुसन्धान भइरहेको मैनालीले बताए ।

अधिकारीले चक्रब्यूहमा चन्द्रसूर्य, धम्बोझी, रुपबजारकी नोरा, जासुसीको जालो पुस्तक लेखेका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *