अपरिचित आईडीबाट आएका रिक्वेस्ट एवम् कल रिसिभ नगर्न प्रहरीको अपील – Nepal Press

अपरिचित आईडीबाट आएका रिक्वेस्ट एवम् कल रिसिभ नगर्न प्रहरीको अपील

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोले सामाजिक सञ्जाल फेसबुक वा ह्वाट्सएपमा अपरिचित आईडीबाट आएका रिक्वेस्ट एवम् कल स्वीकार वा उठाउने नगर्न अपील गरेको छ ।

प्रहरी उपरीक्षक एवम् ब्यूरोका उपनिर्देशक भाग्येन्द्र पुरुष ढकालले एक सूचना जारी गर्दै सर्वसाधारणमा यस्तो आग्रह गरेका हुन् ।

पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग गरी साथी बन्न अनुरोध पठाउने, साथी बनेपछि भिडियो कलमा कुराकानी गर्ने, अस्लिल कुराकानी गर्ने, गर्न उक्साउने र त्यसपछि भिडियो रेकर्ड गरेर ब्ल्याकमेल गरी रकम ठगी गर्ने जस्ता कार्य बढेकाले सचेत बन्न ब्यूरोले आग्रह गरेको हो ।

यस्तो छ सूचनाः


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर