माधव नेपालकाे टिप्पणी- केपी ओलीलाई हामीले ढालेर देखायाैं, अहिले जथाभावी बोल्दै छन् – Nepal Press

माधव नेपालकाे टिप्पणी- केपी ओलीलाई हामीले ढालेर देखायाैं, अहिले जथाभावी बोल्दै छन्

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीलाई टक्कर दिएपछि जथाभावी बोलेर हिँडेका टिप्पणी गरेका छन् ।

आज बिहान पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले केपी ओलीलाई कसैले ढाल्न सक्दैन भन्नेहरुलाई केपी ओलीलाई ढालेर देखाएको बताए ।

उनले भने,‘केपी ओलीलाई लागेको थियो कसैले टक्कर नै दिन सकिन्दै भनेर । टक्कर दिएपछि अहिले केपी ओली बौलाएको होकी के बोल्छन् बोल्छन् । बरबराएको होकी उटपटयाङ कुरा गर्छन । त्यो सबै संग्रह निकाल्न पर्यो केके बोल्यो सुरु देखि अहिलेसम्म केके गाली गलौजको भाषाहरु बोलेको छ । उनका कुराहरु भनेको आक्रोशले भरिएको छ ।’

उनले स्वार्थी मान्छेहरुले जनतालाई गफले अल्मलाएको बताए । उनले चेतना नभएको र भ्रममा परेको जनतालाई जसले पनि अल्मल्याउन सक्ने बताए ।

नेपालले भने,झूटो प्रचार गरेर अल्मल्याउन सक्छ । हावा गफ गरेर अल्मल्याउन सक्छ । त्यसभित्र केही तत्वहरू हुनसक्छ । जसमा स्वार्थपन रहेको हुन्छ । स्वार्थमा गाजिएका हुन्छन् । केही केही पार्टीहरु देख्नुभएको छ । गफाडीको गफ गर्ने थलो भएको छ । अनि केही मान्छेहरुलाई यतिकै गफ र स्वार्थमा अल्मलाएर राखेको हुन्छ ।’


प्रतिक्रिया

3 thoughts on “माधव नेपालकाे टिप्पणी- केपी ओलीलाई हामीले ढालेर देखायाैं, अहिले जथाभावी बोल्दै छन्

  1. राजनीतिक संस्कार नभएको । मान्छे त्यतिकै बूढो भएको लेख्दा पनि उदेक लाग्छ । यिनका पछि लाग्नेले सिक्ने के होला ? अब यिनको सकिने बेला भयो । अन्तिम घडी बाँकि छ मंसिर ४ गते ।

  2. थुक्क नेपालका नेताको नियति देश कसरी बनाउने जनातालाई कसरी सुबिधाा दिने बारेमा कुने भिजन छैन । जम्मा जम्मी केपी ओलीलाई ढालेको कुरा गरेर हिड्छन् । अरु कुनै एजेण्डा छैन बोल्नका लागि ?

  3. वाईयात ! बुद्धि बूढो भएपछि भिर खोज्छ, ठिकै हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर