मोरङमा शेखरचन्द्रको ठाउँमा मानबहादुरलाई उठाउने कांग्रेसको तयारी – Nepal Press

मोरङमा शेखरचन्द्रको ठाउँमा मानबहादुरलाई उठाउने कांग्रेसको तयारी

विराटनगर । नेपाली कांग्रेसले मोरङ- ३ को प्रदेशसभा निर्वाचन क्षेत्र ‘१’ मा मानबहादुर लिम्बूलाई उम्मेदवार बनाउने तयारी गरेको छ ।

महाधिवेशन प्रतिनिधि रहेका लिम्बूलाई उमेदवार बनाउने तयारी भएको कांग्रेस सचिव मोदराज घिमिरेले नेपाल प्रेसलाई बताए ।

यसअघि उम्मेदवार रहेका शेखरचन्द्र थापाको निधन भएपछि कांग्रेसले लिम्बूलाई अघि सार्ने तयारी गरेको हो । घिमिरेले केन्द्रबाट चिठ्ठी भने आइनसकेको बताए ।

निर्वाचन आयोगका अनुसार आज उम्मेदवारको मनोनय दर्ता गराएका उम्मेदवारविरुद्ध दाबी विरोधलगायतका प्रक्रिया पूरा गरेर शुक्रबार अन्तिम नामावली प्रकाशन हुनेछ ।

प्रदेश १ का वन वातावरण तथा भूसंरक्षणमन्त्रीसमेत रहेका थापाको उपचारका क्रममा बुधबार बिहान विराटनगरस्थित नोबेल अस्पतालमा निधन भएको थियो ।


प्रतिक्रिया

One thought on “मोरङमा शेखरचन्द्रको ठाउँमा मानबहादुरलाई उठाउने कांग्रेसको तयारी

  1. सहानुभूतिपूर्वक शेखरचन्द्र थापाको भएमा श्रीमती, परिवारका सदस्यहरूलाई नै उठाउँदा सकारात्मक सन्देश मतदातामा पुग्ने थियो कि ! जयहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर