मेरो एक्लो विद्रोहले राज्यको २ अर्ब बच्यो, अब साथीहरूसहित सदन छिर्छु : राजेन्द्र लिङदेन – Nepal Press

मेरो एक्लो विद्रोहले राज्यको २ अर्ब बच्यो, अब साथीहरूसहित सदन छिर्छु : राजेन्द्र लिङदेन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङदेनले संसदमा आफ्नो एक्लो विद्रोहले राज्यको २ अर्ब बचाएको दाबी गरेका छन् ।

सिन्धुपाल्चोकको मेलम्चीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले अब संसद प्रवेश गर्दा एक्लो नहुने बताए ।

उनले भने, ‘एक कार्यकाल एक्लो सांसदको रूपमा बिताएँ । संसदमा मैले सुशासनको विषयमा कुरा उठाइराखेँ । संसदबाट निस्कने बेलामा पनि मंसिर ४ गतेपछि पनि फागुनसम्म अस्तिका सांसदहरूले तलबभत्ता खाइराख्ने व्यवस्था गर्न लागेका थिए । त्यसको विरुद्धमा मैले यो अनुचित हुन्छ भनेर यो चोटि संसदमा म एक्लै छु । मैले यस्ता अनुचित कार्यको विरोध गर्नेबाहेक रोक्न सक्दिनँ । आगामी निर्वाचनमा देशभर मद्दत मागेर अर्को पटक यो अनुचित कार्य रोक्ने तागतसहित साथीहरू लिएर आउँछु भनेर त्यहाँबाट राजीनामा दिएर निस्केको थिएँ ।’

उनले कार्यअवधि लम्ब्याउँदा चुनावमा भोट माग्न जान लाज हुने भएकाले अध्यादेशबाट सत्ता गठबन्धन पछि हटेको बताए ।

लिङदेनले भने, ‘त्यहाँ पछि कांग्रेसका साथीहरूलाई लाज भएछ । राजेन्द्रले हल्ला गरेर देशले थाहा पायो । भोलिपर्सि भोट माग्न जाने बेलामा लाज हुन्छ भन्ने लागेपछि त्यो विधेयक फिर्ता भयो । मेरो त्यो सानो विद्रोहले देशको २ अर्ब पैसा बच्यो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर