मोरङ-३ को १ मा कांग्रेसबाट मानबहादुर लिम्बूको उम्मेदवारी दर्ता – Nepal Press

मोरङ-३ को १ मा कांग्रेसबाट मानबहादुर लिम्बूको उम्मेदवारी दर्ता

काठमाडौं । मोरङ क्षेत्र नम्बर ३ को प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसबाट बाट मानबहादुर लिम्बूले मनोनयन दर्ता गराएका छन् । केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा नेविसंघ मोरङका पूर्वसभापतिसमेत रहेका लिम्बू बेलबारी-८ का बासिन्दा हुन् ।

उक्त क्षेत्रका उम्मेदवार तथा प्रदेश १ का वन, वातावरण तथा भू-संरक्षणमन्त्री शेखरचन्द्र थापाको बुधबार निधन भएका कारण यहाँ कांग्रेसको उम्मेदवार खाली भएको थियो । निर्वाचन आयोगले कांग्रेसलाई नयाँ उम्मेदवारको मनोनयनका लागि नयाँ कार्यतालिका प्रकाशन गरेको थियो ।

लिम्बूले बेलबारीस्थित निर्वाचन कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका छन् । यहाँ एमालेले दीलिप राईलाई अघि सारेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर