गठबन्धन दललाई ओलीको प्रश्न : चुनावपछि कसको घोषणापत्र कार्यान्वयन गर्छौ ?
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनपछि गठबन्धन दललाई कुन घोषणापत्र कार्यान्वयन गर्ने भनेर प्रश्न गरेका छन् ।
झापामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै एमाले मात्रै एउटा कार्यक्रम लिएर देश बनाउने नीतिका साथ अगाडि बढेको बताए ।
उनले भने, ‘उनीहरु एउटा गठबन्धनमा छन् । तर, सबैको आआफ्नो घोषणापत्र छ । चुनावपछि के गछौँ भन्दा एउटाले एउटा कुरा भन्दा अर्कोले अर्को। गठबन्धन चाहिँ कायम राख्ने भन्छ तर, एउटा पूर्व जाने भन्छ अर्को पश्चिम । एउटा कार्यक्रम छैन ।’
उनले आगामी चुनावपछि फुटेको हाँडीजस्तो चारतिर फर्केका मुुखहरु लिएर अब सरकार नबनाउने बताए। एमाले एक्लैले बहुमत ल्याएर सरकार बनाउने जिकिर गरे ।