ओमसतियाका पूर्वअध्यक्ष केवटविरुद्ध अख्तियारमा भ्रष्टाचार मुद्दा दायर – Nepal Press

ओमसतियाका पूर्वअध्यक्ष केवटविरुद्ध अख्तियारमा भ्रष्टाचार मुद्दा दायर

रुपन्देही । रुपन्देहीको ओमसतिया गाउँपालिका निवर्तमान अध्यक्ष हिरा केवट (राहुल) विरुद्ध अख्तियार अनुसन्धान दुरुपयोग आयोगमा भ्रष्टाचार आरोप पत्र दायर भएको छ ।

केवटसहित तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजु नेपाल, व्यावसायिक माछा ब्लक संचालक समितिका तत्कालीन अध्यक्षसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर भएको आयोगको सूचनामा जनाइएको छ ।

आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जारी गरेको सूचनामा कानुन विपरीत गाउँपालिकाका अध्यक्षसमेतले विभिन्न मितिमा गरेका निर्णयले संलग्नतालाई जोडेको उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘अध्यक्षसमेतले माछापोखरी ठेक्का, शैक्षिक सामग्री हस्तान्तरण, मोटरसाइकल खरिदलगायतमा अनियमितता गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत आ.व. २०७४/०७५ को लागि ओमसतिया गाउँपालिकामा मत्स्य व्लक संचालक समितिको कार्यक्रम अनुदानमध्ये व्यवस्था भएको रकमबाट व्यवसायिक कृषि उत्पादन केन्द्र व्लक विकास कार्यक्रम संचालन कार्यविधि २०७३, को दफा ६/४ (घ) बमोजिम २०७५ जेठ २१ मा ओमसतिया गाउँपालिका र मत्स्य व्लक संचालक समितिबीच भएको सम्झौता विपरीत पुनः २०७५ असार २५ मा अध्यक्षको संलग्नतामा सहोदर भाउजु दुर्गादेवी केवटको नाममा रहेको सहानी समिल र मत्स्य व्लक संचालक समितिबीच भएको सम्झौताको रोहबरमा बसी कार्यविधि र सम्झौताबमोजिम मत्स्य ब्लक संचालक समितिको (सार्वजनिक संस्था) नाममा राख्‍नुपर्ने ५० प्रतिशत सरकारी अनुदान रहेको सार्वजनिक सम्पत्ति ब्याकुलोडर सो विपरीत अध्यक्षको परिवारको सदस्य संचालक रहेको सहानी सःमिलको नाममा दर्ता भोगचलन गर्ने गराउने मनसायले अनुदानको २० लाख ७५ हजार रुपैयाँ भुक्तानी दिई र लिई नेपाल सरकारलाई गैरकानूनी हानी पुर्याएको पुष्टि हुन आएकोले उक्त भ्रष्टाचार कसूरमा मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान ऐन, २०४८ को दफा १८ र दफा ३५ तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *