प्रकाशमानलाई समर्थन गर्दै लिम्बूले गरे आफ्नो उम्मेदवारी निष्क्रिय – Nepal Press

प्रकाशमानलाई समर्थन गर्दै लिम्बूले गरे आफ्नो उम्मेदवारी निष्क्रिय

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ का प्रतिनिधिसभा उम्मेदवार प्रकाशमान सिंहलाई स्वतन्त्र उम्मेदवार दुर्गाप्रसाद लिम्बूले समर्थन गरेका छन् ।

उनले शुक्रबार एक कार्यक्रमका बीच प्रकाशमानलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी निष्क्रिय गरेको बताए ।

उनले भने, ‘काठमाडौं क्षेत्र नम्बर १ मा खटिरहँदा धेरै उम्मेदवारहरुको विश्लेषण पनि गरिरहेको थिएँ, त्यो विश्लेषण गर्दा क्षेत्र नम्बर १ लाई आवश्यक भएको उम्मेदवार चाहिँ प्रकाशमान सिंह नै भन्ने निष्कर्ष निकालें ।’

उनले प्रकाशमानले अघि सारेको ‘केन्द्रमा प्रभाव, क्षेत्रमा विकास’ भन्ने चुनावी नारा आफूलाई मन परेको बताए ।

काठमाडौंका १० वटा निर्वाचन क्षेत्रहरुमध्ये सबैभन्दा धेरै विकास क्षेत्र नम्बर १ मा भएको र त्यो प्रकाशमानकै कारण भएको जिकिर गरे।

यसअघि लोसपाका प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रकाश नायजु र प्रतिनिधिसभा सदस्य उम्मेदवार रणवीर सिंहले पनि प्रकाशमानलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी निष्क्रिय बनाइसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर