देउवाविरुद्ध सिरिन्ज लिएर उठेका सागर ढकाल लौरो अभियानको प्रधानमन्त्री उम्मेदवार
नेपाल प्रेस
२०७९ कार्तिक २६ गते १८:२९
काठमाडौं । हाम्रो नेपाली पार्टीले डडेल्धुराबाट प्रतिनिधिसभा उम्मेदवार बनेका सागर ढकाललाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अगाडि सारेको छ ।
हाम्रो नेपाली पार्टी (लौरो अभियान) ले आज एक विज्ञप्ति जारी गर्दै ढकाललाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अगाडि सारेको हो ।
सो पार्टीका अध्यक्ष ई अनन्तराज घिमिरेले ढकाललाई विजयी गराउन पनि डडेल्धुराका मतदातालाई आग्रह गरेका छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर