सिटी र चेल्सी पराजित – Nepal Press

सिटी र चेल्सी पराजित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा शनिबार राति म्यानचेस्टर सिटी र चेल्सी पराजित भएका छन् ।

सिटी घरेलु मैदानमा ब्रेन्टफोर्डसँग २–१ ले पराजित भयो । ब्रेन्टफोर्डको जितमा इभान टोनी दुबै गोल गरे । यस अघि फिल फोडेनले सिटीका लागि बराबरी गोल गरेपनि ब्रेन्टफोर्डलाई रोक्न सकेन ।

जितसँगै ब्रेन्टफोर्डले १५ खेलमा १९ अंक जोडेर १०औं स्थानमा छ । सिटी १४ खेलमा ३२ अंक जोडेर दोस्रो स्थानमा छ ।

राति नै भएको अर्को खेलमा चेल्सी तेस्रो स्थानको न्युक्यासलसँग १–० ले पराजित भयो ।
न्युकासलको जितमा जोए विल्कले ६७औं मिनेटमा निर्णायक गोल गरे ।

न्युकासलले १५ खेलमा ३० अंक जोडेर तेस्रो स्थानमा छ । चेल्सी २१ अंक जोडेर आठौं स्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *