नानो युरिया मल नेपाल भित्र्याउँदै चौधरी ग्रुप – Nepal Press

नानो युरिया मल नेपाल भित्र्याउँदै चौधरी ग्रुप

काठमाडौं । चौधरी ग्रुपअन्तर्गत रहेको सीजी एग्रोले नानो युरिया मल बिक्री गर्ने भएको छ । नेपालको कृषि बजारका लागि उपयुक्त मानिएको मल नानो युरियाको बिक्री वितरण सुरु गर्ने विषयको औपारिक घोषणा आजै पत्रकार सम्मेलनमार्फत गर्न लागिएको छ ।

चौधरी ग्रुप तथा इफ्को इन्डियाबीच रणनीतिक साझेदारी घोषणा हुँदैछ । चौधरी ग्रुपले विभिन्न क्षेत्रमा लगानी विस्तार गरिरहेको छ । इफ्कोले नानो मलको पेटेन्ट राइट लिएर विश्वका नाइजेरिया, श्रीलङ्का, इजरायललगायत १२ मुलुकमा निर्यात गरिरहेको छ ।

नेपालमा खेतीको समयमा प्रत्येक वर्ष रासायनिक मलको अभाव हुँदै आएको छ । यसले पनि सरकारको चर्को आलोचना हुने गरेको छ । नेपाल सरकारले नानो मललाई स्वीकृति दिन १ वर्षभन्दा बढी समय लगाएको थियो ।

सरकारले नार्कलगायतका विभिन्न प्रयोगशालामा परीक्षणपछि राजपत्रमा सूचना प्रकाशित गरेर यसको प्रयोगको स्वीकृति दिएको हो । नानो युरिया मल पूर्वी नेपालका केही व्यवसायीले आयातसमेत गरिसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर