डा.तोसिमा कार्कीको उम्मेदवारी कायम
नेपाल प्रेस
२०७९ कार्तिक २८ गते १४:५३
काठमाडौं । ललितपुर प्रतिनिधि सभा क्षेत्र नम्बर-३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी कायम भएको छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वर खतिवडा र तिलप्रसाद श्रेष्ठको इजलासले सोमबार कार्कीको उम्मेदवारी कायम गर्ने यसअघिको आदेशलाई निरन्तरता दिएपछि उनको उम्मेदवारी कायम भएको हो ।
यसअघि सर्वोच्च अदालतको एकल इजलाशले नै उनको उम्मेदवारी कायम राख्ने अल्पकालीन आदेश दिएको थियो । त्यसैलाई निरन्तरता दिदैँ आज संयक्त इजलाशले उम्मेदवारी कायम गर्ने आदेशलाई निरन्तरता दिएको हो ।
प्रतिक्रिया
सम्बन्धित खवर