वैदेशिक रोजगार विभागका नासु ३० हजार रुपैयाँ घुससहित पक्राउ
नेपाल प्रेस
२०७९ कार्तिक २९ गते १७:३२
काठमाडौं। वैदेशिक रोजगार विभागका नासु प्रमोद पाण्डे ३० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई मङ्गलवार पक्राउ गरेको हो।
उनी बुद्धनगरस्थित विभागमा कार्यरत थिए।
पाण्डेको साथबाट ३२ हजार ५५ रुपैयाँ स्रोत खुलाउन नसकेको रकम पनि बरामद भएको अख्तियारले जनाएको छ।
प्रतिक्रिया
सम्बन्धित खवर