पार्टी हराउन लागेको भन्दै कांग्रेस मकवानपुरद्वारा १६ जना निष्कासन (सूचीसहित) – Nepal Press

पार्टी हराउन लागेको भन्दै कांग्रेस मकवानपुरद्वारा १६ जना निष्कासन (सूचीसहित)

हेटौँडा । नेपाली कांग्रेस जिल्ला अनुशासन समितिले चुनावको मूर्खमा प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा नेपाली कांग्रेसको नीति, सिद्धान्त र निष्ठा विपरीत पार्टीको उम्मेदवार वा पार्टीले समर्थन गरेका उम्मेदवारको विरुद्धमा लागेको भन्दै १६ जना नेता तथा क्रियाशील सदस्यहरूलाई कारबाही गरेको छ ।

कारबाही पर्नेमा नेपाली काँग्रेसका पूर्व महासमिति सदस्य भरत पराजुली, रिता खनाल, क्रियाशील सदस्य रमेश ढकाल, सुजन गोपाली, नीराजन बर्तौला, किशोर राना लगायत १६ जना रहेका छन् ।

चुनावमा आफ्ना नेताहरूलाई जिताउनुको सट्टा अन्य दलको उम्मेदवार बनेका, पार्टी परिवर्तन गरेको कारण उनीहरूलाई कारबाही गरेको कांग्रेस मकवानपुरका अनुशासन समिति संयोजक प्रभातकुमार दाहालले बताए ।

कांग्रेसले निष्कासन गरेको कार्यकर्ताहरू मध्य भरत पराजुली राष्ट्रिय स्वतन्त्र पार्टीबाट मकवानपुर–२ मा उम्मेदवार बनेका छन् ।
धिरजबिक्रम न्यौपाने पनि रमेश खरेल नेतृत्वको पार्टीबाट क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेका छन् ।

कांग्रेसले कारबाही गरेको रमेश ढकाल कांग्रेस विपिबाट प्रदेशसभा सदस्य बनेका छन् भने किशोर राना पनि हाम्रो नेपाली पार्टीबाट प्रदेशसभा सदस्यमा उम्मेदवार बनेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर