आज डडेल्धुरा जाँदै देउवा – Nepal Press

आज डडेल्धुरा जाँदै देउवा

कैलाली । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज गृहजिल्ला डडेल्धुरा जाँदैछन् । मंगलबार धनगढी आएका उनी चुनावी प्रचारको क्रममा त्यहाँ जान लागेका हुन् ।

देउवाले आज बिहान साढे ११ बजे अजयमेरु गाउँपालिकाको देवल पार्कमा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

देउवा यसअघि पनि चुनावीसभामा सहभागी हुन गृहजिल्ला आएका थिए । त्यसक्रममा उनले चार दिन सातवटै स्थानीय तहमा गठबन्धनले आयोजना गरेको सभामा सहभागी भए । प्रधानमन्त्री देउवा सातौं पटक डडेल्धुराबाट निर्वाचन लड्दै छन्।

देउवासँग एमालेको समर्थन रहेका कांग्रेस बीपीका वरिष्ठ उपसभापति कर्णबहादुर मल्ल, स्वतन्त्र उम्मेदवार सागर ढकाललगायत ८ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर