नविल बैंकको कोहलपुर शाखामा आगलागी
नेपाल प्रेस
२०७९ कार्तिक ३० गते ९:४६
काठमाडौं । बाँकेकाे कोहलपुरमा रहेकाे नविल बैंकको शाखामा आगलागी भएको छ ।
आज बिहान ५ बजे नविल बैंकको शाखामा आगलागी भएको हो । बैंकमा रहेको कागजपत्रहरु जलेर नष्ट भएको छ । विद्युत सर्ट भएर आगलागी भएको काेहलपुर प्रहरी चाैकीका डिएसपी ऐन नबहादुर मल्लले नेपालप्रेसलाई बताए ।
उनले भने,‘आगलागीबाट भौतिक सामाग्री सबै जलेको छ भने नगद बचेको छ ।अहिले आगो नियन्त्रणमा आइसकेको छ ।’
आगो नियन्त्रणका लागि नेपालगंजबाट दमकल बोलाइएको थियो । र क्षतिको विवरण संकलन भइरहेको उनले बताए । कोहलपुर साझा चोकमा रहेको सो घरको माथिल्लो तलामा नबिल बैंकको शाखा रहेको थियो ।
प्रतिक्रिया
सम्बन्धित खवर