भोलिदेखि चार दिनसम्म रेलसेवा बन्द रहने
नेपाल प्रेस
२०७९ कार्तिक ३० गते १८:२४
जनकपुरधाम । मंसिर ४ मा हुने प्रतिनिधि र प्रदेशसभा सदस्यको निर्वाचनका कारण चार दिन जनकपुरधाम-जयनगर (भारत) रेल सेवा बन्द हुने भएको छ ।
नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध संचालक निरञ्जन कुमार झाले रेल सेवा चार दिनसम्म बन्द रहने सूचना जारी गरेका हुन् । भोली मंसिर १ गतेदेखि ४ गतेसम्म रेलसेवा बन्द रहने सूचनामा भनिएको छ ।
मंसिर ५ गतेदेखि रेल सेवा नियमित समयमा संचालन हुनेछ । चुनावमा ७२ घण्टा नेपाल-भारत सीमानाका समेत बन्द रहने र रेल जयनगरसम्म चल्ने भएकाले बन्द गर्नु परेको बुझिएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर