जबर्जस्ती हटाउन खोजेको भन्दै माइतीघरमा सुकुम्बासीको प्रदर्शन (तस्बिरहरू) – Nepal Press

जबर्जस्ती हटाउन खोजेको भन्दै माइतीघरमा सुकुम्बासीको प्रदर्शन (तस्बिरहरू)

काठमाडौं । आफूहरूलाई जबर्जस्ती हटाउन पटकपटक सूचना प्रकाशित भएको भन्दै भूमिहीन, सुकुम्बासी, अव्यवस्थित बसोबासीलगायतले काठमाडौंमा खबरदारी र्‍याली निकालेका छन् ।

अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिले खोला किनाराका अवैध घरटहरा हटाउन अल्टिमेटम जारी गरेपछि संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा, भूमि अधिकार तथा श्रमिक संगठन, नेपाल सुकुम्बासी व्यवस्थापन संघजस्ता दर्जन बढी संघसंगठनहरूको अगुवाइमा माइतीघरदेखि बानेश्वरसम्म खबरदारी र्‍याली निकालिएको हो ।

आफूहरूलाई प्रमाणित हुने समयसमेत नदिइ अल्टिमेटम दिएको, बसोबासको ग्यारेन्टी नगरिएको र आफूहरूको बाँच्ने अधिकार खोस्न लागिएको उनीहरूको गुनासो छ । सहभागीहरूले सुकुम्बासीको उचित व्यवस्थापन गर, भूमिहीन एक हौं, हामी न्याय चाहन्छौं लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

समितिले केही दिनअघि सार्वजनिक सूचना जारी गर्दै खोला किनाराका अवैध घरटहरा हटाउन १० दिने अल्टिमेटम जारी गर्दै नहटाए बल प्रयोग गरेर हटाउने चेतावनी दिएको थियो ।

थप तस्बिरहरू

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर