मित्रवत प्रतिस्पर्धा गरिएका ठाउँमा बलियो उम्मेदवारको पक्षमा सहमति खोज्न कांग्रेसको निर्देशन – Nepal Press

मित्रवत प्रतिस्पर्धा गरिएका ठाउँमा बलियो उम्मेदवारको पक्षमा सहमति खोज्न कांग्रेसको निर्देशन

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसले मित्रवत प्रतिस्पर्धा गरिएका क्षेत्रमा बलियो उम्मेदवारको पक्षमा सहमति खोज्न पार्टी पंतिलाई निर्देशन दिएको छ । सीट बाँडफाँटमा कुरा नमिलेका केही क्षेत्रमा मित्रवत प्रतिस्पर्धा गर्ने भन्दै गठबन्धन दलले छुट्टाछुट्टै उम्मेदवार उठाएका छन् ।

पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले विहीबार एक विज्ञप्ति जारी गर्दै तल्ला तहसम्मको पार्टी कमिटीलाई सहमति खोज्न निर्देशन दिएको हो ।

मतदानका दिन प्रत्यक्षका उम्मेदवारले मात्रै बुथ प्रतिनिधि राख्न पाउने भएकाले हरेक बुथमा गठबन्धनका सबै पार्टी प्रतिनिधि समावेश हुनेगरी प्रतिनिधि राख्ने व्यवस्था गर्न पत्रमा भनिएको छ ।

मतदान सम्पन्न नहुञ्जेलसम्म आफ्नो मतदान क्षेत्रमा अनिवार्य उपस्थित रही मतदान प्रक्रियामा सक्रिय रहन पनि कांग्रेसको निर्देशन छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर