मंसिर ४ र ५ गते उद्योग र कलकारखानामा सार्वजनिक बिदा दिन गृहको निर्देशन – Nepal Press

मंसिर ४ र ५ गते उद्योग र कलकारखानामा सार्वजनिक बिदा दिन गृहको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले उद्योग कलकारखानामा २ दिन बिदा दिन निर्देशन दिएको छ । मन्त्रालयले मंसिर ४ र ५ गते सबै उद्योगहरु बन्द गर्न भनेको छ ।

४ र ५ गते सरकारी कार्यालय तथा सार्वजनिक निकायहरूमा सार्वजनिक बिदा दिने सरकारबाट निर्णय भएको हुँदा निजी क्षेत्रले पनि सो दिन प्रतिष्ठान, उद्योग कलकारखाना तथा कार्यालयहरूमा समेतमा सार्वजनिक बिदा दिन अनुरोध गरेको हो ।

‘प्रस्तुत विषयमा मिति २०७९ मंसिर ४ गते आइतबारका दिन हुन गइरहेको प्रतिनिधि सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको सन्दर्भमा मिति २०७९ मंसिर ४ र ५ गते सरकारी कार्यालय तथा सार्वजनिक निकायहरूमा सार्वजनिक बिदा दिने नेपाल सरकारबाट निर्णय भएको हुँदा त्यहाँ तथा त्यहाँ अन्तर्गतका निजी प्रतिष्ठान, उद्योग कलकारखाना तथा कार्यालयहरूमा समेत मिति २०७९ मंसिर ४ र ५ गते सार्वजनिक विदा दिने व्यवस्था हुन आदेशानुसार अनुरोध छ,’ गृहले निकालेको पत्रमा उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर