सुरक्षा चुनौतीबारे जानकार छौं, निर्वाचनलाई स्वच्छ रुपमा सम्पन्न गर्छाैं : गृहमन्त्रालय – Nepal Press

सुरक्षा चुनौतीबारे जानकार छौं, निर्वाचनलाई स्वच्छ रुपमा सम्पन्न गर्छाैं : गृहमन्त्रालय

काठमाडौं । गृहमन्त्रालयले मंसिर ४ गते निर्वाचनमा हुनसक्ने सुरक्षा चुनौतीलाई ध्यान दिएर तयारी गरेको बताएकाे छ ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत गृह सचिव विनोद प्रकाश सिंहले साना हतियारको दुरुपयोग गरेर जोखिम उत्पन्न हुनसक्ने भएकाले जिल्ला प्रशासनमार्फत हातहतियार लिएको बताए ।

उनले भने, ‘इजाजत प्राप्त वैध हतियारहरु १८ सय ५४ थान र अवैध १७१ थान हतियार संकलन गरेको छौँ।’
निर्वाचनलाई स्वच्छ र भयमुक्त बनाउनका लागि प्रजिअको अधिकार प्रत्यायोजन गरेर सुरक्षा अनुगमन घुम्ती टोली खटाइएको बताए । उनीहरुले माैन अवधिमा आचारसंहिताको विषयलाई समेत अनुगमन गर्ने बताए ।

उनले निर्वाचनमा नेपाली सेना, ससस्त्र प्रहरी, नेपाल प्रहरी र म्यादी प्रहरीसमेत खटाएको बताए। मदिरा बेचबिखनमा रोक, अन्तराष्ट्रिय नाका बन्द गर्नेसमेत बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *