गृहमन्त्री खाणकाे दाबी : देशभर शान्तिपूर्ण मतदान जारी छ – Nepal Press

गृहमन्त्री खाणकाे दाबी : देशभर शान्तिपूर्ण मतदान जारी छ

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले देशभर शान्तिपूर्ण मतदान भइरहेको बताएका छन् । गृहजिल्ला रुपन्देहीको मतदान केन्द्र अवलोकन गरिरहेका खाणले छिटफुट घटनाबाहेक देशभर शान्तिपूर्ण मतदान भइरहेको बताएका हुन् ।

‘मुलुकभर शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भइरहेको छ,’ उनले सञ्चारकर्मीसँग भने, ‘शान्तिपूर्ण रुपमै मतदान होस् भन्ने सबै क्षेत्रको चाहना रहेको र त्यसअनुसार सरकारले सुरक्षा व्यवस्थालाई कडा पारेको छ ।’

रूपन्देही ३ का उम्मेदवारसमेत रहेका गृहमन्त्री खाणले सिद्वार्थनगर नगरपालिकाका विभिन्न वडामा रहेका मतदानस्थल अवलोकन क्रममा सो जानकारी दिएका हुन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर