स्याङ्जा चापाकोटमा एमाले-गठबन्धन कार्यकर्ताबीच झडप, हवाई फायर
नेपाल प्रेस
२०७९ मंसिर ४ गते १६:१२
पोखरा । स्याङ्जाको चापाकोट नगरपालिका-१ को भानु माविको मतदान केन्द्रभित्र नेकपा एमाले र सत्ता गठबन्धनका कार्यकर्ताबीच झडप हुँदा हवाई फायर भएको छ ।
झडपका कारण मतदान हुन नसक्ने स्थिति आएपछि एक राउन्ड हवाई फायर गरिएको स्याङ्जा प्रहरीका डिएसपी रवीन्द्र खनालले नेपाल प्रेसलाई जानकारी दिए ।
अहिले त्यहाँ सर्वदलीय बैठक बसी मतदान सुचारु गर्न लागिएको छ ।
प्रतिक्रिया
One thought on “स्याङ्जा चापाकोटमा एमाले-गठबन्धन कार्यकर्ताबीच झडप, हवाई फायर”
Leave a Reply
सम्बन्धित खवर
जंगलीहरू अझै सुध्रिन बाँकी छ ।