मोरङमा ४ स्थान र सुनसरीमा ३ स्थानमा मतगणना हुने
विराटनगर । मोरङको मतगणना चार स्थानमा हुने भएको छ । मोरङ निर्वाचन क्षेत्र नम्बर १ का मतगणना उर्लाबारी उर्लाबारी नगरपालिकाको कार्यालय, क्षेत्र नम्बर २ को विश्वनाथ मन्दिर रतुवामाई र क्षेत्र नम्बर ३ को भगवती माध्यमिक विद्यालय बेलवारीमा हुने छ।
मोरङ क्षेत्र नम्बर ४,५ र ६ को मत गणना भने विराटनगरमा रहेको आदर्शमा माध्यमिक विद्यालयमा हुने मुख्य निर्वाचन अधिकृत दुर्गा प्रसाद ढुंगेलले जानकारी दिए ।
मतदान प्रक्रिया चलिरहेकाले आजै बाट मतगणना शुरु गर्ने की भोलिबाट भने टुंगो नलागेको ढुंगेलले बताए । मतपेटिका आएपछि सर्वदलीय बैठक गर्ने र सर्वदलीय बैठकका आधारमा मतगणना शुरु गर्ने ढुंगेलले बताए ।
सुनसरीमा भने तीन स्थानमा मतगणना हुने छ । क्षेत्र नम्बर १ को गणना धरान ३ को दुहवी र क्षेत्र नम्बर २ र ४ को इनरुवामा मतगणना हुने सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । अहिले सम्म सुनसरीमा ६० प्रतिशत मत खसेको छ ।
उनले मतपेटिका गणना हुने स्थलमा ल्याएपछि गणना आज शुरु गर्ने की भोलि भन्ने निर्धारण हुने यादवले बताए ।
मतगणना हुने स्थानमा तार जाली लगाउने काम भएको छ । यस्तै सिसी क्यामरा जडानको काम समेत सम्पन्न भएको छ ।