बाजुरामा गोली चल्यो, एक जनाको मृत्यु
नेपाल प्रेस
२०७९ मंसिर ४ गते १८:०२
कैलाली । बाजुराको एक मतदानस्थलमा गोली लागेर एकजनाको मृत्यु भएको छ ।
जिल्लाका त्रिवेणी नगरपालिका ७ मा रहेको मतदानस्थलमा सुरक्षाकर्मीले चलाएको गोली लागेर स्थानीय सञ्जिव अएडीको मृत्यु भएको हो ।
घटनामा एकजना प्रहरी कर्मचारीसहित तीन जना घाइते भएको बताइएको छ ।
शिक्षक संघ बाजुराका अध्यक्ष प्रेमराज पाध्याका अनुसार सोही वडाका प्रशुराम पाध्याय पनि घाइते भएका छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर