रूपन्देही ५ मा मतगणना सुरू
रुपन्देही । रुपन्देही क्षेत्र नम्बर ५ को मतगणना सुरू भएको छ । सर्बदलीय बैठकको सहमतिपछि गैडहवा गाउँपालिकामा रहेको निर्वाचन अधिकृतको कार्यालयमा गणना सुरू भएको हो ।
अहिले कार्यालयमा तीन ठाउँमा मतगणना सुरु गरिएको निर्वाचन अधिकृतको कार्यालय प्रमुख चिन्तामणि शर्माले जानकारी दिए ।
यो क्षेत्रमा प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनका भरतकुमार शाह र नेकपा एमालेका बासुदेव घिमिरे मुख्य प्रतिस्पर्धामा छन् ।
प्रदेश सभा सदस्यमा गठबन्धनका फखरुद्धिन खान, एमालेका भूमिश्वर ढकाल, विनोद पहाडी रामचन्द्र यादव लगायत प्रतिस्पर्धामा छन् । एक लाख २९ हजार १३५ मतदाता रहेको यस क्षेत्रमा ८५ हजार ७३६ मत खसेको छ ।