कञ्चनपुर १ मा एमालेका तारा लामाको सरुआती अग्रता, पछि परिन् बिना मगर
नेपाल प्रेस
२०७९ मंसिर ५ गते १७:३८
कैलाली । कञ्चनपुर प्रतिनिधिसभा १ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको बुहारी बिना मगर एमाले उम्मेदवार तारा लामा तामाङ भन्दा आधा कम मतले पछाडि परेकी छन् ।
२०० मत गणना गर्दा एमाले उम्मेदवार तामाङले १२० मत पाउँदा माओवादी केन्द्रकी उम्मेदवार मगरले ६० मत पाएकी छन् । यहाँ सत्ता गठबन्धनको साझा उम्मेदवार मगर हुन् ।
अघिल्लो मगर १९ हजार बढी मतान्तरले विजयी भएकी थिइन् । त्यो बेला उनीसँगै प्रदेश सभामा विजयी भएका एमाले उम्मेदवार तामाङ अहिले उनी विरुद्ध सुरुवाती चरणमा हाबी भएका छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर