काठमाडौं ७ मा उछिनपाछिन : घन्टीलाई पछि धकेल्दै फेरि एमालेको अग्रता
नेपाल प्रेस
२०७९ मंसिर ५ गते १८:४९
काठमाडौं । काठमाडौंको क्षेत्र नम्बर ७ मा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीबीच कडा प्रतिस्पर्धा चलिरहेको छ । दुई पार्टीका उम्मेदवारले पालैपालो अग्रता लिएका छन् ।
पछिल्लो मतगणना अपडेट अनुसार रास्वपाका गणेश पराजुलीलाई फेरि पछि पार्दै एमालेका श्यामकुमार घिमिरे अग्रस्थानमा छन् । घिमिरेको १३५७ मत र पराजुलीले १०६३ मत आएको छ ।
यस्तै, सत्तारुढ गठबन्धनकी उम्मेदवार मानुषी यमी भट्टराईले अहिलेसम्म ९६१ मत ल्याएकी छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर