ललितपुर २ मा एमालेका महर्जनलाई ५ हजार बढीको अग्रता, गठबन्धन चौथोमा


काठमाडौं । ललितपुर क्षेत्र नम्बर २ मा नेकपा एमालेको सुरुदेखिकै अग्रता अझ फराकिलो बन्दै गएको छ । एमालेका उम्मेदवार प्रेम महर्जन ५ हजारभन्दा बढीको मतान्तरले अगाडि बढेका छन् ।
पछिल्लो मत परिणाम अनुसार एमालेका महर्जनले १४ हजार ७६२ मतका साथ अग्रता लिइरहँदा लौरो अभियानका सुबिन शाक्यको ९ हजार ६२१ मत रहेको छ ।
तेस्रो स्थानमा घण्टीका उम्मेदवार हिरालाल महर्जनको ७ हजार ७७७ मत रहेको छ भने गठबन्धनबाट नेकपा एसका उम्मेदवार कृष्णलाल महर्जन ७ हजार ५६२ मतसहित चौथो स्थानमा छन् । उनी निवर्तमान सांसद समेत हुन् ।
गठबन्धनमा माओवादीको भागमा परेका ललितपुर ३,झापा २,काठमाडौं ७ मा भइरहेको मतगणनामा तीनै ठाउँमा माओवादीका उम्मेदवार पछि परेका छन् ।
त्यस्तै नेकपा एसको भागमा परेका कास्की २ र काठमाडौं ८ मा दुवै उम्मेदवार तेस्रो र चौथो स्थानमा छन् ।