गुल्मीको अर्बेनी र सुर्खेतको सिम्तामा मतदान जारी – Nepal Press

गुल्मीको अर्बेनी र सुर्खेतको सिम्तामा मतदान जारी

काठमाडौं । गुल्मीको कालीगण्डकी गाउँपालिका–२ को भगवती माध्यामिक विद्यालय अर्बेनी र सुर्खेतको सिम्ता गाउँपालिका–६ स्थित सिम्ता बहुमुखी क्याम्पसमा मतदानस्थलमा आज पुनः मतदान भइरहेको छ ।

मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा राजनीतिक विवादका कारण स्थगित भएपछि आज मतदान भइरहेको हो ।

स्थगित भएकामध्ये नवलपरासीपूर्वको देवचुली नगरपालिका–४ स्थित शान्ति सिर्जना आधारभूत विद्यालय मतदानस्थलमा सोमबार पुनः मतदान भइसकेको छ । स्थगित भएकामध्ये बाजुराको बुढीनन्दा नगरपालिका–५ स्थित नन्देश्वरी माध्यामिक विद्यालय, पिपलचौर मतदान केन्द्रमा पुनः मतदानको मिति तय हुन बाँकी रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *