लुम्बिनीका २५ क्षेत्रमा गणना भइरहँदा एमाले अगाडि- कांग्रेस दोस्रो, अरुको कति ? – Nepal Press

लुम्बिनीका २५ क्षेत्रमा गणना भइरहँदा एमाले अगाडि- कांग्रेस दोस्रो, अरुको कति ?

रुपन्देही । २६ प्रतिनिधिसभाका क्षेत्र रहेको लुम्बिनीमा मतगणना जारी भएका २५ क्षेत्रको प्रारम्भिक मत परिणामअनुसार अग्रस्थानमा रहेकामध्ये नेकपा एमाले पहिलो स्थानमा रहेको छ ।

गुल्मी २ मा आइतबार रोकिएको एक केन्द्रमा आज मतदान भएकाले मतगणना गर्न बाँकी छ । अन्य क्षेत्रमा भने जारी छ । पछिल्लो अपडेटअनुसार नवलपरासीका दुई क्षेत्रमध्ये १ मा कांग्रेसका विनोद चौधरी र २ मा राप्रपाका ध्रुवबहादुर प्रधानले अग्रता लिएका छन् ।

रुपन्देहीका ५ क्षेत्रमध्ये १ मा एमालेका छविलाल विक र ५ मा वासुदेव घिमिरे, २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका मोहन पौडेल, ३ मा राप्रपाका दीपक बोहरा, ४ मा लोसपाका सर्वेन्द्रनाथ शुक्लाले अग्रता लिएका छन् ।

पाल्पाका दुई क्षेत्रमा एमालेका उम्मेदारले अग्रता लिएका छन् । १ बाट नारायण आचार्य र २ मा ठाकुर गैरेले अग्रता लिएका हुन् । गुल्मी २ मा एमालेका गोकर्ण विष्टले अग्रता लिएका छन् भने १ मा स्थगित भएको एक केन्द्रमा आज मतदान भएपछि गणना हुनेछ । अर्घाखाँचीमा एमालेका टोपबहादुर रायमाझीले अग्रता कायम राखेका छन् । कपिलवस्तुको १ मा एमालेका बलाराम अधिकारीले अग्रता लिएका छन् भने २ मा कांग्रेसका सुरेन्द्र आचार्य र ३ मा अभिषेक शाहले अग्रता लिएका छन् ।

दाङका ३ क्षेत्रमध्ये १ मा नेकपा एसका मेटमणि चौधरी, २ मा माओवादीका रेखा शर्मा, ३ मा कांग्रेसका दीपक गिरीले अग्रता लिएका छन् । बाँकेको १ मा एमालेका सूर्य ढकाल, २ मा राप्रपाका धवलशमशेर राण र ३ मा कांग्रेका किशोरसिंह राठोरले अग्रता राखेका छन् । बर्दिया १ मा नागरिक उन्मुक्तिका ठाकुरसिंह थारु र २ मा स्वतन्त्रका लालबिर चौधरीले अग्रता लिएका छन् ।

रुकुमपूर्वमा माओवादीका पूर्णबहादुर घर्तीले अग्रता लिएका छन् । रोल्पामा माओवादीका वर्षमान पुनले अग्रता लिएका छन् । मंगलबार मात्रै गणना सुरु भएको प्युठानमा एमालेका सूर्य थापाले सुरुवाती अग्रता लिएका छन् ।

कसको अग्रता कहाँ ?

एमाले

रुपन्देही १ छविलाल विश्वकर्मा, ५ वासुदेव घिमिरे, पाल्पा १ नारायण आचार्य, २ ठाकुर गैरे, गुल्मी २ गोकर्ण विष्ट, अर्घाखाँची टोपबहादुर रायमाझी, प्यूठान सूर्य थापा, कपिलवस्तु १ बलाराम अधिकारी, बाँके १ सूर्य ढकाल

कांग्रेस

पश्चिमनवलपरासी १ विनोद चौधरी, कपिलवस्तु २ सुरेन्द्र आचार्य, ३ अभिषेकप्रताप शाह, दाङ ३ दिपक गिरी, बाँके ३ किशोरसिंह राठौर

माओवादी

रुकुमपूर्व पूर्णबहादुर घर्ती, रोल्पा वर्षमान पुन, दाङ २ रेखा शर्मा

राप्रपा

पश्चिमनवलपरासी २ ध्रुवबहादुर प्रधान, रुपन्देही ३ दीपक बोहरा, बाँके २ धवलशमशेर राणा

स्वतन्त्र

बर्दिया २ लालबीर चौधरी

नागरिक उन्मुक्ति

बर्दिया १ ठाकुरसिंह थारु

नेस्वपा

गणेश पौडेल रुपन्देही २

लोसपा

रुपन्देही ४ सर्वेन्द्रनाथ शुक्ला

नेकपा एस

दाङ १ मेटमणि चौधरी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *