काठमाडौं १० मा राजेन्द्रको ह्याट्रिक, कांग्रेसले जोगायो राजधानीमा विरासत – Nepal Press

काठमाडौं १० मा राजेन्द्रको ह्याट्रिक, कांग्रेसले जोगायो राजधानीमा विरासत

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १० मा नेपाली कांग्रेसका नेता राजेन्द्र कुमार केसीले जितको ह्याट्रिक गरेका छन् । केसीले १४४५८ मत पाए ।उनका प्रतिद्वन्द्वी एमालेका हिमेस केसीले ११७८६ मत पाए । यस्तै माओवादीकी अञ्जना विशंखेले ५२६२ मत पाइन् ।

विजयी भएसँगै मतगणना स्थलमा पुगेका केसीले समर्थकसँग खुसी साट्दै जनताको अभिमतलाई खेर जान नदिने बताए ।

केसीले २०७०, २०७४ र २०७९ मा लगातार तीन वटा चुनाव सोही क्षेत्रबाट जितेका छन् ।

केसीको विजयसँगै काठमाडौंमा कांग्रेसले काठमाडौंका १० मध्ये ५ सीट जितेको छ ।

यसअघि कांग्रेसले २०७४ सालमा काठमाडौं क्षेत्र नम्बर १,४,६ र १० नम्बरमा जितेका थियो ।

यसपटक विगतमा एमालेले जितेको क्षेत्र नम्बर ३ र ५ मा समेत जित निकाल्दा विगतमा जित्दै आएको ६ नम्बर क्षेत्र गुमाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर